देश/प्रदेश
मणिपाल अस्पतालबाट हराएका बिरामी सेती नदीस्थित ढुंगामा अड्किएको अवस्थामा मृत फेला

पोखरा, मंसिर २९-
पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्।
हिजो (शुक्रबार) दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका ३ नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा तनहुँ घर भई पोखरा महानगरपालिका-१६ स्थित लामाचौर बस्ने १९ वर्षीय संगम मिश्रको शव भेटिएको हो । उनको खोजी गर्न प्रहरीले हिजो मध्याह्न १२ बजेदेखि महानगरपालिका-१६ दीपस्थित सेती नदीको ड्याम खोलेको थियो।
कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको आइडी कार्ड फेला पारेको थियो। मृतकको शव पोष्टमर्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
सोमबार उपचारका लागि बाबु हरिप्रसाद मिश्रसँगै अस्पताल पुगेका संगम सोही दिन साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए।



























