देश/प्रदेश

गैँडाकोटमा मलामी बोकेको बस दुर्घटना, ८ घाइते, २ जना चितवनमा उपचारत

०
Banner

गैँडाकोट, मंसिर २९-

मलामी लिएर आएको बस गैँडाकोटमा गए राती दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट देवघाट तर्फ मलामी लिएर आएको लु १ ख ८८४६ नम्बरको बस गैँडाकोटमा गए राती दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार रुपन्देही कञ्चन गाउँपालिका ३ का धनप्रसाद निउरे, टिकादेवी गौतम, धनपति सापकोटा, युवराज शर्मा लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको हो।

घाइते मध्ये १ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै ५ जना भने सामान्य उपचारपछि घर फिर्ता भएका छन्र।

प्रहरीका अनुसार उक्त बस गैँडाकोटको जयश्री पुल नजिकै पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ३८६७ नम्बरको भुस बोकेको ट्रकसँग ठोक्किएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>