देश/प्रदेश

विवाह समारोहमा सहभागी भएका पत्रकार महेन्द्रको अचानक वान्तापछि मृत्यु

०
Banner

काठमाडौं, मंसिर २९-

विवाह समारोहमा अचानक वान्ता भएपछि उपचार गर्न अस्पताल लैजाँदै गर्दा पत्रकार महेन्द्र पाण्डेको बाटैमा मृत्यु भएको छ ।

हिजो (बिहीबार) एक होटलमा विवाह समारोहमा सहभागी भएका महेन्द्रको वान्तापछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो । महेन्द्रको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

महेन्द्र रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>