समाज

प्रचण्डकी नातिनी प्रतिभाको आज बिहे, पाँच तारे होटलमा १ हजार जनालाई निम्ता

०
Banner

काठमाडौं, मंसिर २९-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको आज विवाह हुँदैछ।

विवाह समारोह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो।

उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो। आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ।

प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्वीजरल्याण्डमा बस्दै आएका छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>