मनोरञ्जन

पूर्व मिस नेपाल श्रृंखलाले कसिन् लगनगाँठो

Banner

काठमाडौं, मंसिर २८-

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच अहिले काठमाडौंको हायात होटलमा विवाह भइरहेको छ । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।

श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>