एथलेटिक्स

भरतपुरको स्मेल हेभन स्कुलमा मंसिर ३० देखि अन्तर विद्यालय एथ्लेटिक्स मिट हुँदै

Banner

चितवन, मंसिर २३–

भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट हुने भएको छ ।

स्मेल हेभनको आयोजनामा मंसिर ३० गतेदेखि ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ नवौं संस्करणको एथ्लेटिक्स मिट हुन लागेको हो । पुस २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३० बढी संस्थागत विद्यालय सहभागी हुनेछन् ।

सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ १००, २०० , ४०० , ५००, ८०० र एक हजार ५०० मिटर र तीन किलोमिटर दौड हुनेछन् । यस्तै १०० मिटर रिले, ४०० मिटर रिले, सट पुट, लङ जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।

यस्तै महिलातर्फ १००, २००, ४००, ५००, ८०० र एक हजार ५०० मिटर र तीन किलोमिटर दौड हुनेछ । यस्तै १०० मिटर रिले, ४०० मिटर रिले, सट पुट, लङ जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२–१२ स्वर्ण, १२–१२ रजत र २४–२४ कास्य गरी कुल ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । न्यौपानेका अनुसार विद्यालयले हरेक दुई–दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>