चितवन विशेष
नारायणी कला मन्दिरमा भरतनाट्यम डान्स वर्कसप हुने

चितवन, मंसिर २२-
चितवनको नारायणी कला मन्दिरमा भरतनाट्यम डान्स वर्कसप हुने भएको छ । नारायणी कला मन्दिर र डान्स डाइरेक्टर एशोसियसन नेपाल चितवनको संयुक्त आयोजनामा मंसिर २४ गतेदेखि २९ गतेसम्म वर्कसप हुने भएको हो । पाँच दिनसम्म सञ्चालन हुने वर्कसपमा चर्चित डान्सर तथा कोरियोग्राफर स्वजन राजवंशीले प्रशिक्षण दिने आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । वर्कसपमा भरतनाट्यमको प्रविधि, शरीर प्रशिक्षण, स्टोरी टेलिङ थ्रो डान्स्, कोरियोग्राफि, स्लोक विथ प्राटिकल र थेउरी सम्बन्धि प्रशिक्षण दिइने नारायणी कलामन्दिरका सल्लाहाकार अमरदेब प्रधानले जानकारी दिनुभयो । उहाँले वर्कसपमा सहभागि हुन चाहानेहरुलाई नारायणी कला मन्दिरमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
नृत्यमा रुचि भएका जुनसुकै उमेर समूहका युवायुवतीले वर्कसपमा सहभागिता जनाउन सक्नेछन । वर्कसपमा सहभागिका लागि रु एक हजार शुल्क तोकिएको छ ।

























