Breaking News
गाउँमा बाटो बनाउने काम सरकारको र खुट्टामा लगाउने जुत्ता बनाउने निजी क्षेत्रको होः विश्वप्रकाश

काठमाडौँ, मंसिर २२-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाँसबारी छाला उद्योग बन्द भएपनि देशमा कांग्रेसको नीतिले हजारौं छाला जुत्ता उद्योग खुलेको बताएका छन् ।
नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बाँसबारी छाला उद्योग बेचेर त्यहाँ अहिले गंगालाल हृदय केन्द्र खोलिएको बताउँदै माटोको दुरूपयोग नभएको बताएका हुन्। छाला उद्योग बेचिएपनि त्यहाँको माटोको दुरूपयोग नभएको बताउँदै उनले भने, ‘जुत्ता उद्योग बन्द भएपनि कांग्रेसको नीतिले हजारौं छाला जुत्ता उद्योग खुलेका छन्, त्यसको स्वाबासी पाउन नपर्ने कांग्रेसले खाली छाला जुत्ता उद्योग बेच्यो भनेर गाली खानुपर्ने ?’
‘सरकारको काम जुत्ता बनाउने होइन सरकारको काम भनेको गाउँमा जाने बाटो बनाउने हो, त्यो बाटोमा हिँड्नेको खुट्टामा लगाउने जुत्ता बनाउने काम निजी क्षेत्रको हो,’ उनले भने।


























