चितवन विशेष

चितवनमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनाः २ जनाको मृत्यु, तीन जना घाइते

Banner

चितवन, मंसिर २२–

चितवनमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान ११ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१८, स्थित गुञ्जनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भरतपुर–१९ बस्ने ३५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको हो । भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा गुरुङ गम्भिर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार चालक भरतपुर १८ बस्ने ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार उनकी श्रीमती २६ वर्षीया शुशीला घर्ती घाइते भएका छन् ।

चालक आइतसिंहको अनुहार र टाउँकोमा चोट लागेको छ भने उनकी श्रीमती शुशीलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै भरतपुर–२८ अम्रौलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार स्थानीय ४८ वर्षीय रणबहादुर बानियाँको मृत्यु भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा गम्भिर घाइते भएका बानियाँको भरतपुर अस्पतालमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । गोलाघाटबाट मेघौलीतर्फ जाँदै गरेको बा.प्र.०६–०१ प ३४७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल चालक भरतपुर–२७ का २७ वर्षीय राजन मल्ल घाइते छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>