बलिउड/हलिउड

नेपालको युट्युब ट्रेन्डिङ शीर्ष स्थानमा फिल्म ‘सलार’ को ट्रेलर

Banner

काठमाडौं, मंसिर १७-

दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सलार’ को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ। २२ डिसेम्बरदेखि प्रदर्शन हुने फिल्मको ट्रेलर गतशुक्रबार रिलिज गरिएको हो । शुक्रबार सार्वजनिक फिल्मको ट्रेलरले छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगटन सफल भएको हो।

फिल्मलाई ‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन्। फिल्मको ट्रेलरले पनि ‘केजिएफ’ को झल्को दिन्छ। फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।

यो समाचार तयार पार्दा ५८ करोडबढी भ्युज पाएको छ भने ५५ हजारबढी कमेन्ट पाएको छ। जसमा अधिकाशं सकारात्मक कमेन्ट रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>