चितवन विशेष

प्रथम चौमासिकमा भरतपुर महानगरपालिकाको वित्तिय प्रगती १५ प्रतिशत

Banner

चितवन, मंसिर १५-
भरतपुर महानगरपालिकामा चालु आर्थिक बर्षको चार महिनामा १५ प्रतिशत वित्तिय प्रगती भएको छ । आज भरतपुर महानगरपालिका २२ स्थित अम्रेला स्ट्रिटमा भएको आर्थिक बर्ष २०८०÷२०८१को प्रथम चौमासिक सुनुवाई कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

चालु आर्थिक बर्षको ६ अर्व ३९ करोड ७९ लाख बजेटमध्ये ९१ करोड ७५ लाख खर्च भएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए । प्रथम चौमासिकमा चालु बजेट तर्फ २२ प्रतिशत र पुजिँगत बजेट तर्फ ९ प्रतिशत खर्च भएको छ । यद्यपि पुँजिगत तर्फ काम भएपनि वित्तिय प्रगति नदेखिएको उनले बताए । उनका अनुसार भुक्तानी काम समपन्न भएपछि हुने हुँदा वित्तिय प्रगति नदेखिएको हो । भरतपुर महानगरपालिकामा चालु आर्थिक बर्ष पुँजिगत तर्फ ३ अर्व ७२ करोड ६५ लाख र चालु तर्फ २ अर्ब ५२ रुपैयाँ बजेट रहेको छ ।

महानगरले लक्ष्यको १९ प्रतिशत आन्तरिक राजश्व संकलन भएको उनले जानकारी दिए । महानगरपालिकाले ३३ करोड १९ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आन्तरिक राजश्वको लक्ष्य एक अर्ब ७५ करोड रहेको छ । प्रथम चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशाला, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ति, विद्युत, ढल निर्माण, कृषि उपजको बजारिकरण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाल प्रति प्रश्न राखेका थिए । उनीहरुले महानगरको रातो किताबमा भएभन्दा बढी बजेटका योजना फाइल सदरबाट हुने गरेकोमा प्रश्न समेत उठाएका थिए । उनीहरुले सबै वडामा वैज्ञानिक तबरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् ।

नागरिकको प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पार्दशितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताइन् । ‘कोष तथा लेखा महाशाखाको प्रतिवेदनमा पनि हामी देशका अन्य ६ महानगरपालिकाभन्दा हामी अगाडि छौँ। आज भ्रष्टाचार विरुद्ध अभियानले सार्वजनिक गरेको प्रतिवेदनले पनि देखाएको छ,’उनले भनिन् ‘भ्रष्टाचार शुन्य सहनशिलतामा हामी छौँ ।’

उहाँले महानगरपालिका जनउत्तरदायी भएर काम गरेको समेत बताइन् । उनले संघ, प्रदेशबाट नै आर्थिक बर्षको अन्तिम अन्तिममा विकास निर्माणका लागि अख्तियारी प्राप्त हुँदा असारमा बढी काम हुने गरेको बताइन् । उनले कृषि बजारीकरणमा महानगरपालिका लागि परेको बताएकी छिन् । मागको आवश्यकता हेरेर कृषि उपजको उत्पादन गर्न दाहालले आग्रह गरिन् । संघिय सांसदले विकास निर्माणमा सहयोग नगरेको भन्दै विकास भएको ठाउँमा आएर विरोध मात्र गर्ने गरेको बताइन् । ‘चितवनबाट निर्वाचित सांसद आएर अन्यत्रको बजेट ल्याएर भरतपुरमा काम भएको छ भन्दै विरोध गर्नुहुन्छ,’ उनले भनिन् ‘यहाँका कतिपय नागरिक त्यहि चिल्लो सडकमा उभिएर हो हो भन्दै ताली बजाउने पनि हुनुहुन्छ।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले स्थानीय तहले नागरिकको असन्तुष्टिलाई समाधान गर्दै जानुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले महानगरपालिकामा आर्थिक सुशासनमा महानगरपालिका उत्कृष्ट देखिएकोमा खुशी समेत व्यक्त गरे । भ्रष्टाचार विरुद्ध अभियानले गरेको सर्वेक्षणमा योजनाहरु जाँचपास गर्दा प्राविधिकलाई रकम दिनुपर्छ भन्दा सय प्रतिशतले दिन नपर्ने बताएको प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>