बलिउड/हलिउड

नेपाली हलमा रणवीर कपूर र विक्की कौशलको भिड्न्त

Banner

काठमाडौं, मंसिर १५-

शुक्रबार नेपाली हलमा दुई बलिउ फिल्म प्रदर्शन भएका छन्।

रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ र विक्की कौशल अभिनीत फिल्म ‘सामबहादुर’ प्रदर्शन भएका हुन्। आज नयाँ नेपाली फिल्म भने प्रदर्शन भएका छैनन्।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनकी श्रीमतीको भूमिकामा देखिएका छन्।

फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्। फिल्ममा बावु र छोराको सम्बन्धको कथा देखाइएको छ।

मेघना गुल्जारले निर्देशन गरेको फिल्म ‘सामबहादुर’ मा विक्कीसँगै सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारको अभिनय छ। फिल्ममा रोनी स्क्रूवालाको लगानी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>