मनोरञ्जन

२०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका टेलर स्वीफ्ट बनिन्

Banner

काठमाडौं, मंसिर १४-

टेलर स्वीफ्ट सन् २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका बनेकी छन् । सांगीतिक प्लाटफर्म स्पोटीफाइले यसवर्ष धेरै सुनिएका गीत, पडकास्ट र अन्य कार्यक्रमको सूची सार्वजनिक गरेको छ ।

‘स्पोटीफाइ २०२३ र्‍याप्ड’ नाम दिइएको यो सूचीको शीर्ष स्थानमा रहेकी गायिका स्वीफ्टलाई एकवर्षमा २६।१ बिलियन पटक सुनिएको उल्लेख छ । लगातार तीन वर्ष सूचीको शीर्षस्थानमा रहेका गायक ब्याड बन्नीलाई समेत स्वीफ्टले उछिनेकी छन् ।

दोस्रो स्थानमा ब्याड बन्नी छन् । तेस्रोमा द विकेन्ड, चौंथोमा द ड्रेक र त्यसपछि क्रमशः पेसो प्लुमा, फेइड, ट्राभिस स्कट, एसजेडए, कारोल जी र लाना डेल रे छन् ।

गत जनवरी १ देखि स्पोटीफाइलाई संसारभर ५७४ मिलियनभन्दा बढीले सुनिरहेका छन् । तर, गीततर्फ भने अमेरिकी गायिका माइली साइरसको ‘फ्लावर्स’ वर्षमै धेरै सुनिने गीत बनेको छ । यो गीतलाई १।६ बिलियन पटक सुनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>