Breaking News
कतार जान लागेका परराष्ट्रमन्त्री साउदले विपीनका बुवाआमासँग भने- रिहाइको पहल गर्छु
०

काठमाडौं, मंसिर १३-
परराष्ट्रमन्त्री एनपी साउदले आज (बुधबार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुवा आमासँग भेट गरेका छन् । कतार भ्रमणमा जाने तयारीमा रहेका साउदले हमासको कब्जामा रहेका नेपाली नागरिक विपीनका बुवा आमासँग भेट गरेका गरेका हुन् ।
भेटमा साउदले विपीनका बुवा आमासँग विपीनको रिहाइको पहल गरे बताएका छन् । साउद मंसिर २३ गते कतार जान लागेका हुन् । त्यस्तै यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले विपीनको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने बताएका थिए ।
त्यसअघि मंसिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























