मनोरञ्जन

श्रृंखला खतिवडा प्रेमी सम्भव सिरोहियासँग विवाहबन्धनमा बाँधिदै

Banner

काठमाडौं, मंसिर १३-

पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्रेमी सम्भव सिरोहियासँग विवाहबन्धनमा बाँधिने भएकी छन् । यही मंसिर २८ गते उनले लगनगाँठो कस्ने तय भएको छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग अफेयरको सार्वजनिक स्वीकारोक्ति गरेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् ।

श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने निकटस्थ स्रोतले जानकारी दियो । श्रृंखला सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>