चितवन विशेष

पिपिएलएले थाल्यो देशभरका न्यायधीश तथा कानुन व्यवसायीसंग अन्तरक्रिया

Banner

चितवन, मंसिर १२-
प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) नेपालले नेपाल भरिका अदालतका न्यायधीश सरकारी वकिल तथा कानुन व्यवसायीसंग सुझाव संकलन गर्न थालेको छ । देशभर १७ वटा समुहमा विभाजन गरेर सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको पिपिएलएका उपमहासचिव अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिए ।

बागमती प्रदेशमा आज(मंगलबार) पहिलो दिन चितवन र मकवानपुरका न्यायधीश, सरकारी वकिल र बार एशोसियशनसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बागमती प्रदेशमा अन्तरक्रिया कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने बागमती प्रदेशका अध्यक्ष समेत रहेका भण्डारीले जानकारी दिए । धादिङमा मंसिर १४, नुवाकोटमा १५ र १६ गते रसुवा जिल्लामा कार्यक्रम गर्ने योजना रहेको छ ।

मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्लाका लागि भण्डारीलाई समुहको संयोजक तोकिएको छ । आज भएको कार्यक्रममा संविधान सभा सदस्य वरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहाकार अधिवक्त बाबुराम दाहाल, पिपिएलएका केन्द्रिय सस्दय धुर्व चौलागाई तथा जिल्ला अध्यक्ष, न्यायधीश तथा सरकारी वकिल तथा कानुन व्यवसायीको उपस्थिती रहेको थियो ।

अन्तरक्रियाबाट आएका सुझावलाई प्रतिवेदन तयार गरी सर्वोच्च अदालत, कानुन मन्त्रालय, बार एशोशियसन तथा सरोकारवाला नियकायमा पेश गरिने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>