चितवन विशेष

भरतपुर अस्पतालमा थपियो आइसियू र सिसियू बेड

Banner

चितवन, मंसिर ११-
भरतपुर अस्पतालले मेडिकल आइसियू र सिसियूको बेड संख्या थप गरेको छ । आइतबारदेखि चार वटा बेड थप गरिएको अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको छ । थप भएसंगै भरतपुर अस्पतालमा आईसियूको संख्या ३८ पुगेको छ ।

‘अस्पतालमा मेडिकल आइसियू र सिसियू गरि ३४ बेड सञ्चालित थिए । मसिर १० गतेदेखि ४ बेड थप गरी ३८ बेड सञ्चालनमा ल्याएका छौँ ‘,-अस्पतालका प्रवक्ता डा.गोविन्द कंडेलले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ । साथै यसअघि रहेको २० बेड एनआइसियू र ६ बेड पिआईसियू यथावत रुपमा नै सञ्चालन हुने उनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>