Breaking News

पुसमा बस्ने कार्यसमिति बैठकले आन्दोलनबारे निर्णय लिन्छः राप्रपा प्रवक्ता मोहन

Banner

काठमाडौँ, मङ्सिर १०- 

राप्रपा केन्द्रीय कार्यसमिति बैठक पुस १, २ र ३ गते बस्दैछ । यसअघि मंसिरमै बस्ने भनिएको बैठक पूर्वराजाको झापामा कार्यक्रम तय भएपछि पुसमा सारिएको हो । उक्त बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । तर, पुस १, २ र ३ गते बस्ने कार्यसमिति बैठकले आन्दोलनबारे निर्णय लिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठ बताए ।

उनले सबै राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याएर गणतन्त्र ढाल्ने गरी आन्दोलनमा जान राप्रपा आन्तरिक तयारीमा रहेको बताउँछन् । पार्टीको आउँदो केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा घनिभूत छलफल गर्ने उनको भनाइ हो ।

‘ढिलो चाँडो सबै राजावादी शक्तिहरू एक ठाउँमा आउँछन् र त्यसमा राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकपछि हामी ठोस निष्कर्षमा पुग्छौँ ।’

यो मुद्दा अब गणतन्त्रवादी दलहरूले पन्छाउन नसक्ने गरी बलियो भइसकेको श्रेष्ठले बताए  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>