मकवानपुर

अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन

Banner

मकवानपुर,मंसिर १०-

नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् । शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

अध्यक्षका अर्का दाबेदार हालका अध्यक्ष सालिकराम पुडासैनीले आफू उम्मेदवार नबन्ने र बुढाथोकीलाई सघाउने निर्णय लिएसँगै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । शनिबार राति अबेर भएको अधिवेशनको बन्द सत्रले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ । कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् भने सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>