Breaking News

१० वर्षमा १० हजार नेपाली श्रमिकको विदेशमा मृत्यु

Banner

काठमाडौं, मंसिर ०८-

हरेक वर्ष वैदेशिक रोजगारीमा पुगेका सयौं नेपाली श्रमिकले ज्यान गुमाइरहेका छन् । बितेको १० वर्षमा यसरी विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या डरलाग्दो देखिन्छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० को दशकमा मात्र १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गएको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० देखि २०८० सम्म ९ हजार ६५२ जना श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले तथ्यांकमा आएको संख्या कम भएको बताए । अवैध रूपमा विदेशिएर मृत्यु वा बेपत्ता हुनेको संख्या झन् बढी हुन सक्ने उनको अनुमान छ ।

यसरी रोजगारीका क्रममा परदेशमा ज्यान गुमाउने श्रमिकको संख्या घट्ने कुनै संकेत देखिंदैन । बरु यो संख्या हरेक वर्ष बढ्दै गएको बोर्डकै तथ्यांकले बताउँछ ।

यस अनुसार आर्थिक वर्ष २०७०/७१ मा ७७७, २०७१/७२ मा १००६, २०७२/७३ मा ८२३, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२३ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७/७८ मा १२४३, २०७८/७९ मा १४७९, २०७९/८० मा १,२०८ जनाको मृत्यु भएको छ । यो तथ्यांकले दैनिक ४ जना र वार्षिक एक हजार श्रमिकले परदेशमा ज्यान गुमाइरहेको देखाउँछ ।

यसरी हरेक वर्ष मृत्युवरण गर्नेमा बढीजसो खाडी मुलुकतर्फ दुबई, साउदी अरेबिया, कतार, जोर्डन, बहराइन र ओमान छन् । त्यस्तै मलेशियामा पनि ज्यान गुमाउनेको संख्या उत्तिकै छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>