एथलेटिक्स

भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोेगिता सुरु, झण्डै २५ सय विद्यार्थी सहभागी

Banner

चितवन, मंसिर ७-

पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ ।

भरतपुर महानगरपालिका–५ विकास चोकमा रहेको मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी मेयर रेन्ु दाहालले उद्घाटन गरेकी हुन् ।

विभिन्न १८ विद्याका खेल हुने प्रतियोगितमा ६४ विद्यालयका दुई हजार ४७२ विद्यार्थीको सहभागिता रहेको छ । मंसिर ७ देखि १० गतेसम्म चल्ने प्रतियोगिताका प्रथम हुने खेलाडी वा टिमले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले खेलकुदको मध्यमबाट टोल, वडा हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई विश्वमा चिनाउन सकिने उल्लेख गरिन् ।

दाहालले अब छिटै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढाउने काम भइरहेको जानकारी दिइन् । । महानगरपालिकाले खेलकुदमा ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाको रुपमा पुरस्कृत भएको स्मरण गरिन् । उनले एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान भरतपुर महानगरपालिकाको नीति नै रहेकाले भरतपुरको खेलकुद गतिविधि वृद्धि हुँदै गएको बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरमा रहेका २२० निजी तथा सामुदायिक विद्यालयबाट ६४ विद्यालयको मात्र सहभागिता भएकोमा यसको कारण खोज्नुपर्ने बताए । उनले भरतपुरमा बर्सेनि सहभागितालाई वृद्धि गर्दै लैजानुपर्ने विचार राखे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>