Breaking News
जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा
०

काठमाडौं, मंसिर ३-
गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।
भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।
तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























