मनोरञ्जन

देशभक्ति गीत ‘यो नेपाली शीर उचाली‘’मा नाचे बलिउड अभिनेता विक्की कौशल

Banner

काठमाडौं, मंसिर ३-

बलिउड अभिनेता विक्की कौशलले आगामी फिल्म ‘साम बहादुर’का लागि चर्चित नेपाली देशभक्ति गीत ‘यो नेपाली शीर उचाली‘’मा नृत्य गरेका छन् ।

लखनउमा भएको फिल्मको गीत छायांकनको क्रममा गोर्खा रेजिमेन्टका भारतीय जवानहरुसँग उनले गीतमा नाचेका हुन् । उनले सामाजिक संजालमा उक्त गीत छायांकनको क्रममा आफूले नृत्य गरेको भिडियो पनि सेयर गरेका छन् ।

भिडियोमा विक्कीले हातमा खुकुरी लिएर नृत्य अभ्यास गरेको देखिन्छ । उनीसँगै सेनाका अन्य जवानले पनि युद्ध कौशलको झल्को दिने गरि डान्स गरेका छन् ।
उनले मुलुकको रक्षाका लागि गोर्खा सैनिक उल्लेखनीय योगदान रहेको भन्दै प्रशंसा समेत गरेका छन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधिारित यो फिल्म यतिबेला गीत सुटिङ भैरहेको छ ।

मेगना गुल्जार निर्देशित यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>