चितवन विशेष

मंसिर १ गते राप्ती नदी सरसफाई दिवसको रुपमा मनाइने

Banner

चितवन, कार्तिक ३०-
राप्ती तटीय क्षेत्र सरसफाई अभियानले मंसिर १ गते राप्ती नदी सरसफाई दिवसको रुपमा मनाउने भएको छ । सरसफाई अभियान सञ्चालन भएको सात बर्ष पुगेको अवसरमा भोलि(शुक्रबार) दिवस मनाउन लागिएको अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो ।

आगामी बर्षदेखि निरन्तर मंसिर १ गते नदी दिवसको रुपमा मनाउने योजना रहेको उहाँले बताउनुभयो । राप्ती नदी सरसफाई दिवसको अवसरमा भोलि बागमती प्रदेशका वनमन्त्री मसिना खड्का भण्डारी आउनुहुनेछ । पश्चिम चितनवको पटिहानीमा हुने कार्यक्रममा नदी संरक्षणमा लागेका चार जना नदी विज्ञको प्रस्तुतीकरण समेत रहनेछ । उनीहरुले नदी जन्य फोहारको विषयमा आफ्नो प्रस्तुती दिने घिमिरेले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रमका साथै दराई, बोटे, थारु, नेवार समुदायको सास्कृतिक प्रस्तुती रहने छ । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ति वन उपभोक्ता समिति, डिभिजन वन कार्यालय भरतपुर, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम कार्यान्वयन इकाई समिति भरतपुरका प्रतिनिधि तथा जनप्रतिधिको सहभागिता रहने छ । दिवसको तयारी स्वरुप राप्ती सरसफाई अभियानले यसअघि पटिहानीदेखि गोलाघाटसम्म सरसफाई कार्यक्रम गरेको थियो । नदी तटिय क्षेत्रमा फोहोरका कारण विश्वका दुलर्भ वन्यजन्तुमा असर पर्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>