सूचना-प्रविधि

सरकारी प्रतिबन्धप्रति टिकटकले भन्योः ‘अश्लील सामग्री हटाउँछु भन्दाभन्दै किन बन्द ?’

Banner

काठमाडौं,कात्तिक ३०-

नेपालमा टिकटकमा प्रतिबन्ध लगाइएकामा यसको व्यवस्थापनले चर्को असन्तुष्टि जनाएको छ। टिकटकको पब्लिक पोलिसी र गभर्मेन्ट रिलेसन हेर्ने दक्षिण एसिया प्रमुख फर्डोउस मोट्टाकिनले सरकारी निर्णयकै दिन असन्तुष्टिस्वरुप सरकारलाई पत्र पठाएका छन्।

सरकारले सामाजिक सद्‍भाव कायम राख्‍न भन्दै कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। मोट्टाकिनले त्यही दिन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई इमेलमार्फत पत्र लेखेर असन्तुष्टि पोखेका हुन्। ‘नेपालको नियम कानूनअनुसार अघि बढ्न तयार रहेको बताउँदा बताउँदै मन्त्रिपरिषद्ले किन प्रतिबन्ध लगायो ?,’ पत्रमा प्र‍श्‍न गरिएको छ। उनले आफूहरुले नेपाल सरकारसँग निकट भएर काम गर्ने प्रतिबद्धता जनाएको अवस्थामा प्रतिबन्ध लगाइनु आश्‍चर्यजनक भएको पत्रमा उल्लेख गरेका छन्।

पत्रमा टिकटकले आफूले नेपालमा गरेका क्रियाकलापबारे सात बुँदामा जानकारी गराएको छ। प्रयोगकर्ताको सुरक्षा र सम्बद्ध देशको कानूनको सम्मान गर्ने बताउँदा बताउँदै सरकारले प्रतिबन्ध लगाएको गुनासो टिकटकले गरेको छ। धेरै नेपालीले टिकटकबाट राम्रो अवसर पाइरहेको र प्रतिबन्धले उनीहरुको आम्दानीको स्रोतमै धक्का लाग्ने अवस्था आएको भन्दै टिकटकले सरकारको निर्णयलाई गलत भनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>