Breaking News

सरकार नियमनको साट्टो नियन्त्रणमा लाग्योः एमाले

Banner

काठमाडौं, कात्तिक २७–

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा नियन्त्रण गर्न लागेको बताएका छन्।

सोमबारको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यसबारे टिप्पणी गर्दै उपमहासचिव ज्ञवालीले ‘जुम्रा पर्‍यो भनेर रोकथाम, नियन्त्रणको उपाय अवलम्बन गर्नुभन्दा टाउकै काटेर फ्याँक्न उद्दत भएजस्तो’ भएको बताए।

‘गर्नुपर्ने प्रभावकारी नियमन थियो। नियमनकारी निकाय, नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रभावकारी बनाउनुपर्ने थियो,’ उनले भने, ‘तर सरकार नियन्त्रण गर्न अघि बढ्यो। टिकटकमा खराब सामग्री उत्पादन भयो। त्यसलाई बन्द गर्ने, भोलि फेसबुक, एक्स त्यस्तै होला। युट्युबाट फेक न्युज, हानिकारक सामग्री उत्पादन भइरहेको छ। कतिलाई बन्द गर्ने, बन्दै समाधान हो तरु यसरी त समाधान हुँदैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>