Breaking News

गगन थापा भन्छन्ः टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिड्यो

०
Banner

काठमाडौं, कात्तिक २७–

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएका छन् ।
महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को आजको बैठकले सामाजिक सञ्जाल टिकटक हटाउने निर्णय गरेको थियो । त्यसको बिरोधमा महामन्त्री थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत रहेको पनि जनाएका छन् । ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ,’ महामन्त्री थापाले भनेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । ’

उनले यसमा सरकारको नियतमाथि प्रश्न उठाएका छन् । ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्नेरनगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो,’ थापाले भनेका छन् ।

सरकारले तत्काल किन्तु परन्तु नभनेर यो कदम सच्याउनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>