Breaking News

गगन थापा भन्छन्ः टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिड्यो

Banner

काठमाडौं, कात्तिक २७–

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएका छन् ।
महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को आजको बैठकले सामाजिक सञ्जाल टिकटक हटाउने निर्णय गरेको थियो । त्यसको बिरोधमा महामन्त्री थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत रहेको पनि जनाएका छन् । ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ,’ महामन्त्री थापाले भनेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । ’

उनले यसमा सरकारको नियतमाथि प्रश्न उठाएका छन् । ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्नेरनगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो,’ थापाले भनेका छन् ।

सरकारले तत्काल किन्तु परन्तु नभनेर यो कदम सच्याउनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>