Breaking News

भरतपुरबाट रात्रीकालिन उडान गर्नेगरी विमानस्थल विस्तारको काम हुँदैछः मन्त्री किराँती

Banner

चितवन,कात्तिक २७-

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले भरतपुरबाट रात्रीकालिन उडान गर्नेगरी विमानस्थल विस्तारको काम अघि बढ्न लागेको बताउनुभएको छ । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले भरतपुर विमानस्थलको रनवे विस्तारका लागि सरकारले ट्र्याक टु अन्तर्गत नेपाली सेनाले भोगचलन गर्दै आएको जग्गाको केही भाग लिने प्रकृया सुरु गरेको बताउनुभयो । ‘अहिले सेनालाई सबै जग्गा देऊ नभनिकन, रनवेका लागि चाहिने घोडा प्रजनन् केन्द्रको जग्गा मात्रै मागेका छौं, सेना पनि सकारात्मक छ,’ मन्त्री किराँतीले भन्नुभयो, ‘भरतपुरको मेयरको सुन्दर योजना त यहाँको सेनालाई दियालो बंगालामा सिफ्ट गरेर अहिले सेना भएको ठाउँमा आकर्षक पार्क बनाउने थियो, त्यो तत्काल नभए पनि विमानस्थलका लागि रनवे मात्रै भए पनि सेनासँग लिने कुरा छ ।’ उहाँले विकासका लागि सेना कहिल्यै बाधक नहुने बताउनुभयो । सेनाले रनवेका लागि ४ सय मिटर जग्गा दिएपछि भरतपुरबाट रात्रीकालिन उडान र एटीआर ७२ सिटे जहाज सञ्चालन गर्न सकिने मन्त्री किराँतीले बताउनुभयो ।

नेपाल आउने हवाई पर्यटकहरुको भाडा अत्याधिक बढी हुने गरेको एक फरक प्रसङ्गमा कुरा गर्दै मन्त्री किराँतीले बाहृय पर्यटकहरुको हवाई भाडा घटाउने विषयमा आफूले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृृया सरकारले सुरु गरेको भन्दै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी गरिएको मन्त्री किराँतीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>