चितवन विशेष

तेक्वान्दो खेलाडी सन्तोष भट्ट चितवनमा ७० हजार नगदसहित सम्मानित

Banner

चितवन, कात्तिक २७–

मलेसियामा आयोजना भएका विभिन्न तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जित्न सफल चितवनका खेलाडी हेमप्रसाद भट्ट (सन्तोष)लाई गृहजिल्लामा सम्मान गरिएको छ ।

रत्ननगर नगरपालिका खेलकुद समिति, रत्ननगर तेक्वान्दो र नेपाल तेक्वान्दो संघ चितवन डोजाङले नगदसहित भट्टलाई सम्मान गरेको हो । आज (सोमबार) आयोजित एक कार्यक्रममा नेपाल तेक्वान्दो संघ चितवन डोजाङले भट्टलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो । डोजाङका संस्थापक कृष्ण चौधरीले उक्त सम्मान पत्र प्रदान गर्नुभयो । यस्तै सोही अवसरमा रत्ननगर नगरपालिका खेलकुद समिति र रत्ननगर तेक्वान्दोले नगद २० हजार रुपैयाँ र सम्मान पत्रले भट्टलाई सम्मान गरेको छ ।

रोजगारीको शिलशिलामा मलेसियामा पुग्नु भएका खैरहनी नगरपालिका–१० निवासी सन्तोष भट्ट विदेशमा पनि खेलकुदलाई अगाडि बढाईरहनु भएको छ । सोही क्रममा उनीहरु हालसालै मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार तीन वटा गोल्ड मेडल जित्न सफल हुनु भएको थियो । यही योगदानको आधारमा भट्टलाई स्वदेश फर्किएको मौकामा सम्मान गरिएको हो । सम्मानित हुँदै खेलाडी भट्टले रत्ननगर नगरपालिका र चितवन तेक्वान्दो डोजाङलाई आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस सम्मानले विदेशमा तेक्वान्दो खेल्नमा थप उर्जा मिलेको बताउनुभयो ।

रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्नु उत्कृष्ट कार्य रहेको भन्दै यसैगरि खेलाडीहरुको हौसला बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले नगरभित्रका खेलाडीको प्रवद्र्धन र हौसला बढाउन सधै सकरात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक रोशन खानले स्वदेशमा संगै विदेशमा पनि नेपाली खेलाडीले उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै खेलाडीहरुको हौसला बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा राज्यले लगानी बढाउन आवश्यक रहेको भन्दै खेलकुद क्षेत्रलाई सबैले माया गर्नुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>