चितवन विशेष

सिनर्जी एफ.एम आजदेखि २३औं वर्षमा प्रवेश

Banner

चितवन, कात्तिक २६–

चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ.एमले आज (आइतबार)देखि २३औं वर्षमा प्रवेश गरेको छ । एफ.एमले विगतमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको थियो । तर यसपटक भने आफ्नो वार्षिक उत्सवमा कुनै पनि औपचारिक कार्यक्रम गरेन ।

हालैको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै एफ.एमले औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो । रेडियोका कार्यक्रम संयोजक रविन सुवेदीले भूकम्पको पीडाका कारण यो वर्ष रेडियोको औपचारीक कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिए ।

रेडियोले भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै पीडितको पुनः स्थापनाका लागि सहयोगको रेडियोको आह्वान छ । यसअघि रेडियोले आफ्नो वार्षिक उत्सवको अवसरमा जन बहस कार्यक्रमको विशेष अंक, विद्यार्थीहरु विचको पब्लीक स्पिकिङ्ग च्याम्पियन, टोलटोलमा सिनर्जी, यमोसाको अवसरमा झम्टा ठेकरा नृत्यु सहितका वहसका कार्यक्रमहरु गर्दै आएको थियो ।

यस्तै रेडियो २२ वर्ष पुराभई २३ औं वर्षका प्रवेश गरेको अवसरमा यो यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा सिनर्जी एफ.एमका प्रवन्ध निर्देशक सहन प्रधानले आभार प्रकट गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>