बलिउड/हलिउड

सलमानले सबैभन्दा चाँडो नृत्य सिक्छन्: वैभव मर्चेन्ट

Banner

नयाँ दिल्ली, कात्तिक २६-

वैभवी मर्चेन्ट बलिउडकी चर्चित कोरियोग्राफर हुन् । मर्चेन्टले कयौँ चर्चित भारतीय फिल्ममा कोरियोग्राफी गरेकी छिन् । बलिउडमा सबैभन्दा छिटै नृत्य सिक्ने कलाकारहरू को को हुन् भनेर मर्चेन्टलाई सोधिएको थियो । मर्चेन्टले सबैलाई छक्कै पार्ने जवाफ दिएकी छिन् । उनका अनुसार सलमान खान आफ्नो स्टेप्स छिटै टिपिहाल्ने कलाकार हुन् ।

उनका अनुसार एक दुई पटक डान्स स्टेप्स हेरेपछि सलमान टेक लियौँ भनिहाल्छन् रे । माधुरी दिक्षित र रानी मुखर्जीले पनि छिटै डान्स सिकिहाल्ने उनको भनाइ छ । यो सूचीमा ऋतिक रोशन पनि छन् । उनी भने छिटै आफ्नो स्टेप्स सिक्न निकै परिश्रम गर्छन् । ऋतिक जस्तै कट्रिना पनि सिक्न कठिन मेहनत गर्छिन् । मर्चेन्टका अनुसार प्रियंका चोपडाले पनि आफ्नो स्टेप्स छिटै क्याप्चर गर्छिन् ।

सलमान छेपारो जस्तै

सलमानको विषयमा रमाइलो कुरा बताउनभन्दा उनले सलमानलाई छेपारो भनिन् । सलमानमा केही म्याजिक बटन जस्तो भएको अनि अचानक शरीर खुम्चने अचानक एकदम फिट हुने पनि भइहाल्ने बताइन् । ‘कहिले उनी भर्खरै सुतेर उठेजस्तो देखिन्छन् । सलमानको शरीर छेपाँरो जस्तै छ । उनी शरीरलाई आफ्नो हिसाबले बदल्छन् । यो राम्रो कुरा पनि हो,’ मर्चेन्टले भनिन् ।

शाहरुखको आसपास बस्दा दिमागमा गीत बज्छ

मर्चेन्टले जवानमा शाहरुख खानसँग पनि काम गरेकी थिइन् । उनीसँग काम गर्न निकै रमाइलो हुने सेटमा हरेक क्षण ठट्यौलीपूर्ण हुने उनले बताइन् । शाहरुख चार्मिङ पर्सन भएको र उनी आसपास हुँदा दिमागमा आफसे आफ गीत बज्न थाल्ने उनको भनाइ थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>