चितवन विशेष

ढुवानी गर्दा पशुलाई चरम यातना

Banner

चितवन, कार्तिक २१-

पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वा वध गर्नुअघि चरम यातना दिन नपाइने कानुन नेपालमा पटक पटक बनेका छन् । तर, यसको कार्यान्वयन भने अझै हुन सकेको छैन् । यसको उदारहणका रुपमा मासुका लागि काठमाण्डौँमा लगिने राँगा र भैँसीको ढुवानीलाई लिन सकिन्छ ।

नारायणगढ मुग्लिन सडक खण्डबाट दैनिक सयौं राँगा, भैँसीलाई कष्टपूर्ण यातना दिएर काठमाण्डौँ लगिन्छ । पशु ढुवानी गर्दा सामान्य मापदण्ड पनि पनि पुरा नगर्ने गरेको एनिमल नेपालकी सुभरभाइजर दिपा केसीले बताइन् । ‘राँगा भैसीलाई १ दशलव २७ वर्गमिटर स्थान उपलब्ध गराउनुपर्छ । दोहोरो राखेर लैजान पाइदैन । ड्राइभर तर्फ मुन्टो बनाउनुपर्दछ,’ उनले भनिन्, ‘यहाँ धेरै अटाउनका लागि दोहोरो राखिन्छ । पुच्छर र नाकमा बाधेर याताना दिँदै लगेको भेटिन्छ ।’ उनका अनुसार, एउटा गाडिमा ट्रकमा २० वटाभन्दा बढी भैसी बोक्न पाइदैन । तर यहाँ बढी राख्ने गरिएको छ । राँगा तथा भैसीका चोटपटक लाग्ने गरी बाँधेर लैजाने गरिन्छ ।

पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको त्यति चासो देखिँदैन् । हरेक गाडिमा प्राथमीक उपचार बाकस हुनुपर्छ । तर भैँसी तथा राँगा रगताम्य बनाउँदै लगेको भेटिन्छ । पशु सेवा ऐन २०५५ तथा सोको निमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । त्यो पनि पालना गरेको पाइदैन । आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि होल्डिङ सेन्टर नहुँदा व्यवसायीले गन्तव्यमा नपुगुन्जेल दाना पानी नखुवाउने एनिमल नेपालले जनाएको छ ।

शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडिमा गर्नुपर्ने हुन्छ । राँगा र भैसीसंग पाडापाडी समेत मिसाउन पाइदैन । तराईबाट खरिद गरिएका राँगा, भैँसी रातारात भोकभोकै राजधानीसम्म ढुवानी गरिन्छ । रामनगरमा रहेको क्वारेन्टइनले समेत पशु ढुवानीलाई कडाइका साथ नहेरेको सरोकारवाला पक्ष बताउँछन् । सामान्य अवस्थामा दैनिक ५ देखि १२ वटासम्म र चाडपर्वमा २० देखि ४० सम्म राँगा, भैँसी र पाडा, पाडी बोकेका ढुवानी साधनहरू राजधानी भित्रने गर्छन्।
यसरी लैजाने राँगा भैँसीलाई रगताम्य हुने गरी कुटपिट गर्दै लगिन्छ । धेरै जसोले त गाडीमा चढाएदेखि नओरालेसम्म खानेकुरा र पानीसमेत नखुवाई लैजाने गर्दछन् । कानुन बनेपनि राजमार्ग भएर राजधानी लगायत देशका विभिन्न भागमा लगिने पशुहरूलाई यातना दिने क्रम रोकिएको छैन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>