मनोरञ्जन
अष्ट्रेलियाको कन्सर्टबारे माफी मागेका सुगमले भनेः मेरो नियत गलत थिएन, मैले पिउनु हुँदैनथ्यो
०

काठमाडौँ, कात्तिक २०-
गायक सुगम पोखरेलले दर्शकसँग माफी मागेका छन्। अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर गायक पोखरेलले नेपाल ट्युबसँगको कुराकानीबाट दर्शकसँग माफी मागेका हुन्।
उनले भनेका छन्, ‘माफी माग्न चाहन्छु। मबाट गल्ती भएको हो। म बेसी भावनामा बहें। भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले। म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ। मैले पिउनु हुँदैनथ्यो। आई एम सरी।ु
पोखरेलले आफूले मदिरा खाएको भने स्वकारेका छन्। पहिला मदिरा छोडरेको तर एक महिनादेखि आफूले मदिरा सेवन गरिरहेको उनले उल्लेख गरेका छन्। उनले आफ्नो नियत भने गलत नभएको र मदिरा खानु नै आफ्नो कमजोरी भएको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























