Breaking News

भूकम्प पीडित उद्धार तथा राहतको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख दिने

Banner

हेटौँडा,कात्तिक १८-

बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुनर्निर्माण लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने निर्णय भएको बागमती प्रदेश मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । तस्बिरः रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>