भिडियो

आरके थारु र अन्नु चौधरीको स्वर रहेको ‘दिल विमार हुइल’ सार्वजनिक

Banner

चितवन, कात्तिक १८-

तिहार तथा छठ पर्वलाई लक्षित गरेर कालिका क्रियसनको प्रस्तुती तथा निर्माणमा बनेको ‘दिल विमार हुइल’ नामक थारु गित आरकेसी डिजिटल च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

महेश कुचिलाको शब्द रहेको यस गितमा आरके थारु र अन्नु चौधरीको स्वर रहेको छ । गणेश चौधरीको संगित संयोजन रहेको यस गितमा लोकप्रिय जोडी नरेश चौधरी र मधु चौधरीले अभिनय गरेका छन् ।

सुरजदेव कुसुम्याको उत्कृष्ट कोरियोग्राफी र निर्देशनमा बनेको गितलाई रमेश चौधरीले छायांकन गरेका हुन् । गितमा सौराहाको थारु भिलेजको रमणीय दृश्य कैद गरिएको छ । यस गितमा आरएन चौधरी, दैयु कुश्मी र महेश कुचिलाको संयुक्त लगानी रहेको छ ।

यस गित निर्माणको क्रममा होटल ह्याप्पी होमले छायांकन अवधीभर पूर्ण रुपमा सहयोग गरेको थियो । आउँदो दिनमा थारु गित संगितलाई सदैव सहयोग गर्ने होटल ह्याप्पी होमका सञ्चालक एवम् होटल व्यवसायी संघ चितवनका सचिव कृष्ण महतोले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>