Breaking News

सर्वोच्चको आदेशसँगै बाँकेबाट पक्राउ परे रिगल

Banner

काठमाडौं, कात्तिक १६-

राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ लाई सर्वोच्च अदालतको आदेशसँगै प्रहरीले बाँकेबाट पक्राउ गरेको छ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए ।

चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले स‌ंविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>