Breaking News

टी–२० विश्वकप छनोट : ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

Banner

काठमाडौं, कात्तिक १६-

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।

नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । ओमानको टिममा भने दुई परिवर्तन गरिएको छ । मुहम्मद नदिम र अहमद पयज बटको स्थानमा मुहम्मद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>