बलिउड/हलिउड

यो वर्षको सर्वाधिक फ्लप फिल्म बन्यो कंगनाको तेजस

Banner

मुम्बई,कात्तिक १५- 

भारतीय अभिनेत्री कंगना रनौतको फिल्म तेजस सन् २०२३ को सर्वाधिक फ्लप फिल्म साबित भएको छ । २७ अक्टोबरमा रिलिज भएको यो फिल्मले चौथो दिनमा जम्ममा ४० लाख रुपैयाँ मात्रै कमायो । ४ दिनमा फिल्मको कलेक्सन ४ करोड १५ लाख रुपैयाँ मात्रै छ ।

घोषणा भएदेखि रिलिज नहुँदासम्म फिल्मले निकै चर्चा बटुलेको थियो । फिल्मबाट दर्शकले धेरै अपेक्षा पनि गरेका थिए । तर न त फिल्मको कहानीले दर्शक तान्न सक्यो न त भीएफएक्सले दर्शकलाई आकर्षित गर्न सक्यो । दर्शकहरूलाई हलसम्म तान्न फिल्म पूर्ण असफल रह्यो । दर्शक पाउनै छाडेपछि फिल्मको आधाभन्दा धेरै शो रद्द गरिएको छ । केही फिल्म विश्लेषकहरूले यसलाई सबैभन्दा खराब फिल्मको ट्याग लगाइदिएका छन् ।

सोमबार हलमा फिल्मको अकुपेन्सी ६ दशमलव ६ प्रतिशत मात्रै थियो । ओपनिङ डेमा १ कोड २५ लाख रुपियाँको कारोबार गरेको फिल्मले त्ययता खासै राम्रो व्यापार गर्न सकेन । फिल्मको लागि सप्ताहन्त महत्त्वपूर्ण मानिन्छ । तर सप्ताहन्तमा समेत फिल्मले दर्शक पाएन ।

यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले हेरेका थिए फिल्म

हलसम्म दर्शकहरु जान नमानेपछि कंगनाले सामाजिक सञ्जालमार्फत दर्शकहरुलाई फिल्म हेरिदिन अनुरोध गरेकी थिइन् । मंगलबार उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले लखनउको लोकभवन अडिटोरियममा फिल्मको विशेष स्क्रिनिङमा सहभागी भएका थिए । सो समारोहमा कंगना पनि थिइन् । सो स्क्रिनिङको तस्वीर शेयर गर्दै कंगनाले आदित्यनाथलाई धन्यवाद समेत भनेकी थिइन् ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>