समाचार

महासचिव गुटेरेसले भने ‘जलवायु परिवर्तन सहयोग कोष वृद्धि गर्छौँ’

Banner

काठमाडौँ, कात्तिक १४-
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसङ्घको भूमिकाबारे खुलेर छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसङ्घले चालेका कदमबारे जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसङ्घीय जलवायु परिवर्तन सहयोग कोष’ को पुनःसंरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताउनुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा सहयोग गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकता त्यसमै केन्द्रित रहेको बताउनुभयो । महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवं अभियान परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गर्नुभयो ।

नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पु¥याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उपप्रधानमन्त्री श्रेष्ठले दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>