मनोरञ्जन

नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ मा नायिका प्रियंका कार्की र अभिनेता आकाशको रोमान्स

Banner

काठमाडौंँ, कात्तिक १३-

चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ ।

प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझामसहित रेष्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ ।
उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियोले १७ वर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।

भिडियोले गीतको सन्देशलाई सिगार्ने काम गरेको छ । रेष्टुरेन्टको महोलमा छायांकन भएको भिडियोमा एउटी युवतीलाई १७ वर्षको उमेरमा के कस्ता खतरा आउँछ भनेर देखाइएको छ ।

गम्भीर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ । भिडियो गायक बर्देवाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताले मनपराउने अपेक्षा आफूले गरेको गायक बर्देवाले बताए । आगामी दिनमा पनि यो भन्दा राम्रो गीतसंगीत दिने आफ्नो योजना रहेको उनले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>