Breaking News

पुराना दलको औचित्य सकियो भन्नेलाई सबै एकै ठाउँमा उभिएर जवाफ दिँदैछौंः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौ,कात्तिक ११-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका उनले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे ।

प्रधानमन्त्रीले भने, ‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कारदेख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’ उनले पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए ।

‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ’, प्रचण्डको भनाइ थियो । उनले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेदेखि नै दलहरूबीच सहमति र समझदारीको प्रयास गर्दै आएको जिकिर गरे । हिजो प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँगको भेट पनि त्यसैको कडी भएको दाहालले बताए ।

बीपीले सुरू गरेको चियापानको संस्कृतिले दलहरूप्रति आपसी एकतालाई अभिप्रेरित गरेको उनको भनाइ छ । यसले देशको राजनीतिलाई स्थिरतातर्फ लैजाने, सहमति र सहकार्यको बाटोमा लैजान मद्दत गरेको पनि प्रधानमन्त्रीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>