Breaking News

त्रिकोणात्मक टी-२० श्रृंखलाः यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

Banner

काठमाडौं,कात्तिक १०-

त्रिकोणात्मक टी- २० श्रृंखलाअन्तरगत फाइनल खेलमा आज नेपालले यूएईविरुद्ध खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दैछ । खेल केहीबेरमा सुरु हुँदैछ । उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । यसअघिका लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

घरेलु टोली नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले समूह चरण ४ वटै खेल जितेर फाइनलमा पुगेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । यूएईले भने लिग चरणको एक खेल मात्र जितेको थियो । हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>