Breaking News
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन
०

काठमाडौ,कात्तिक १०-
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। सांघाई भ्रमणमा रहेका उनलाई मध्यरातमा उनलाई हृदयाघात भएको थियो। ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। एक दशक चीनको प्रधानमन्त्री रहेका उनी सुधारवादी नेताको रुपमा छबि बनाएका थिए। राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























