Breaking News

चितवनमा आइतबारदेखि ६० दिनभन्दा बढीको विद्युत महशुल नतिरेका ग्राहकको लाइन काटिने

Banner

चितवन, कात्तिक ०९-
चितवनमा दुई महिनाभन्दा बढी समयदेखि विद्युत महशुल नतिरेका ग्राहकहरुको लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ६० दिनभन्दा बढी समयदेखि विद्युत महशुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको कात्तिक १२ गतेदेखि विद्युत लाईन काट्न लागेको हो ।

लामो समयदेखि विद्युत महशुल नतिर्ने गा्रहकहरुको आइतबारदेखि अभियानकै रुपमा विद्युत लाइन काटिने भरतपुर वितरण शाखाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार विद्युत लाइन ६ महिना बढि समयदेखि काटिएको र बक्यौता भुक्तानी भएको छैन भने त्यस्ता ग्राहकलाई कालोसूचिमा राख्ने तयारी भएको छ ।

कालो सूचिमा परेका ग्राहकहरु सरकारी स्तरबाट पाउने सेवा सुविधाबाट बञ्चित हुन सक्ने पोडेलले बताए । बक्यौता रकम अविलम्ब भुक्तानी गर्न प्राधिकरणले अनुरोध समेत गरेको छ । लाइन काटिएका ग्राहकहरुलाई विद्युत दिएको पाइएमा दिएका व्यक्तिको समेत लाइन काटिने प्राधिकरणले चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>