Breaking News
केपी ओलीमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार होः शंकर पोखरेल

काठमाडौं,कात्तिक ८-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिका जुनसुकै प्रहार राष्ट्र र जनतामाथिको प्रहार भएको बताएका छन्। दुर्गा प्रसाईंले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी छ भनेर आरोप लगाएको महासचिव पोखरेलले ओलीमाथि निरन्तर प्रहार गर्ने षड्यन्त्रहरु भइरहेको बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे। अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ।’ उनले वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु रहेको उल्लेख गरेका छन्।
नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार रहेको उनको भनाइ छ। उनले भनेका छन्, ‘वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो। नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।’


























