चितवन विशेष

बागलुङका निराजन भरतपुरको ज्योतीनगरदेखि सम्पर्क बिहीन, खोजि गरिदिन परिवारको अनुरोध

Banner

चितवन, कार्तिक ०८-
बागलुङको जैमिनी नगरपालिका १० स्थित पाही घर भएका युवक चितवनबाट सम्पर्क बिहिन भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित अमृतनगर बस्दै आएका २१ वर्षीय निराजन आचार्य (माईला) हिजो (मंगलबार) साँझ ५ बजेदेखि भरतपुरको ज्योतिनगरबाट सम्पर्क बिहीन भएका हुन्।

गहुँ गोरो वर्णका निराजन पछिल्लो पटक साँझ ६ बजे पश्चिम चितवनको ज्योतीनगरमा देखा परेको उनी सँगै बस्दै अंकल हेमराज शर्माले जानकारी दिए। सामान्य पढ्न लेख्न समेत नसक्ने उनी केही महिना अघिदेखि अमृतनगर अंकलको घरमा बस्दै आएका थिए। उनले जिनको निलो पाइन्ट, कालो, निलो र सेतो रङ्गको ज्याकेट लगाएका छन्।

हिजो साँझदेखि सम्पर्क बिहीन भएका उनलाई खोजी गरिदिन प्रहरीलाई अनुरोध गरेका छन्। कसैले देखेमा नजिकको प्रहरीचौकी वा उनका अंकल हेमराज शर्मालाई ९७६५४२१२१२ सम्पर्क गरिदिन उनका परिवारले अनुरोध गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>