Breaking News
त्रिकोणात्मक सिरिजः युएईविरुद्ध टस जितेर हङकङ ब्याटिङमा
काठमाडौँ, कात्तिक ८–
काठमाडौँको मुलपानीमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत लिगको अन्तिम खेलमा अहिले युएई र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ ।
टस जितेर हङकङ पहिले ब्याटिमा उत्रिएको छ ।
प्रतियोगितामा ३ खेलमा एक जित र दुई हार व्यहोर्दै युएई २ अंकका साथ दोस्रो स्थानमा छ भने ३ खेलमै पराजित हङकङ पुछारमा छ । फाइनलमा पुग्न आजको खेल हङकङ र युएईलाई जित्नै पर्ने दवाब छ । युएई विजयी भएमा सहजै फाइनलमा प्रवेश गर्ने छ भने हङकङ विजयी भएमा नेटरनरेटको आधारमा फाइनल तय हुनेछ ।
युएईले एक खेलमा हङकङलाई पराजित गरि सकेकाले युएईको मनोबल उच्च छ ।
जारी प्रतियोगितामा नेपाल ४ खेलमै विजयी हुँदै फाइनल प्रवेश गरि सकेको छ । नेपालले युएई र हङकङविरुद्धको दुवै खेलमा सहजै जित हात पारेको थियो । फाइनल खेल कात्तिक १० गते टियु क्रिकेट मैदानमा हुँदैछ ।
यस सिरिजलाई टि–२० विश्वकप एशिया क्वालिफायरको तयारीको रुपमा लिइएको छ । यही कात्तिक १३ गतेदेखि मुलपानी र टियु क्रिकेट मैदान विश्वकप क्वालिफायर प्रतियोगिता सुरु हुँदैछ । सो प्रतियोगितामा नेपाल समूह ९ए० मा ओमानसहितको समूहको रहेको छ भने युएई र हङकङ समूह ९बी० मा रहेका छन् ।
फाइनल पुग्ने दुई टोली सन् २०२४ मा अमेरिका र वेष्टइन्डिजमा हुने टि–२० विश्वकपमा छनोट हुनेछ ।