Breaking News

त्रिकोणात्मक सिरिजः हङकङविरुद्ध नेपालको लगातार दोस्रो जित, हङकङलाई ७९ रनले हराउँदै फाइनलमा प्रवेश

Banner

काठमाडौँ, कातित्तक ४–

काठमाडौँमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत हङकङविरुद्धको दोस्रो खेलमा नेपाल ७९ रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ र अजैज खानले २५ र बाबर हायतले २० रन बनाए । नेपालका लागि सोमपाल कामी, करन केसी र ललित राजवंशीले समान २ विकेट लिए भने प्रतिश जिशि र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपाल ६ विकेटको क्षतिमा २१३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ बनाए । ४१ बल खेलेका मल्लले ९ छक्का प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए । यी दुईले पाँचौं विकेटका लागि १४५ रनको किर्तिमानी साझेदारी गरेका थिए । नेपालले सुरुवातमा खराब प्रदर्शन गर्दै ५५ रनमै ४ विकेट गुमाएको थियो । आशिफ शेख २०, कप्तान रोहित पौडेल ११, सोमपाल कामी ८ र कुशल भुर्तेल २ रनमा आउट भए ।

आजको जितसंगै नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । अब अन्तिम खेलमा नेपालले युएईसंग खेल्ने छ । नेपालले पहिलो खेलमा युएइलाई ७ र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपाल कात्तिक ६ गते पुनः युएईसंग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>