Breaking News

त्रिकोणात्मक टि–२० सिरिजः युएईद्धारा नेपालसामु १४१ रनको लक्ष्य पेश

Banner

काठमाडौँ, कात्तिक १–

काठमाडौँमा आजबाट सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँगको खेलमा नेपालले १४१ रनको लक्ष्य पाएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको युएई निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४० रन जोड्न सक्यो । उसका लागि बासिल हामिदले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । अलि नासिरले ३२ रन बनाए भने कप्तान मुहम्मद वासिले १७ र आसिफ खान १५ रन बनाए ।

युएईलाई कम रनमा रोक्न करन केसीले ३ विकेट लिए । केसीले ४ ओभरमा १९ रन मात्रै खर्चिए । गुल्शन झाले ३ ओभरमा ११ रन खर्चिदै महत्वपूर्ण २ विकेट लिए भने सोमपाल कामी र अविनाश बोहोराले समान एक विकेट लिए । अन्य बलर भन्दा बोहोरा केही महंगो सावित हुँदै ४ ओभरमा ३८ रन खर्चिए ।
नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ ।

पछिल्लो समय नेपालले टि२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीच पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>