चितवन विशेष

चितवनको राप्ती नगरपालिकाद्धारा जेष्ठ पत्रकार सिंञ्जालीलाई आर्थिक सहयोग

Banner

चितवन,कात्तिक १-

नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ ।

महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले सिञ्जालीलाई रु ५० हजार सहयोग गरेको हो । राप्ती नगरपालिका प्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहित महासङ्घको टोलीले सिञ्जालीलाई उहाकै निवासमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा नगर प्रमुख लामाले महासङ्घले सुरुआत गरेको ज्येष्ठ पत्रकार कल्याणकारी कोष राप्तीमा सुरु गरिनसकेको भए पनि ६० वर्ष काटेका नगरवासी सिञ्जालीलाई एक वर्षको एकमुष्ट रकम प्रदान गरिएको बताउनुभयो

भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ६० वर्ष कटेका पत्रकारलाई महासङ्घले मासिक रु चार हजार कल्याणकारी कोष अन्तर्गत दिँदै आएको छ ।

महानगर बाहिरका ज्येष्ठ पत्रकारलाई सोही पालिकासँग समन्वय गरेर रकम दिँदै आएको जिल्ला अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरले उपलब्ध गराएको रु २० लाख अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट मासिक दिइदै आएको छ । राप्तीका पत्रकार सिञ्जालीलाई ६० वर्ष पुगेसँगै गत वर्षबाट सहयोग गर्न थालिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>